एउटा घरभित्र राखिने सोफा, खाना पकाउने चुल्हो, फ्रिज, लुगा राख्ने दराज, ओछ्यानहरू कुनै गाडीभित्र जडान गरेको देख्दा अचम्म लाग्नसक्छ।
अवलोकनर्ताहरूले छोङ छिङ समुद्र सर्वेक्षण केन्द्रमा रोचक र ज्ञानबर्द्धक अनुभव गरेका छन्।
बेइजिङस्थित नेपाली दूतावासको नेतृत्वमा चीनका दुई मुख्य सहरमा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम गरिएको छ। सिचुवान प्रान्तको छन्दु र दक्षिण चीनको सबभन्दा ठूलो सहर ग्वाङजाउमा पर्यटन प्रवद्र्धन कार्यक्रम गरिएको हो। चालू वर्ष सन् 2017 लाई नेपालमा चिनियाँ पर्यटक भ्रमण वर्ष मनाउने सिलसिलामा पर्यटन प्रवद्र्धन कार्यक्रम गरिएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।
चीनको लागि नेपालका राजदूत लीलामणि पौडेल र इकोनोमिक मिनिस्टर बिनोद प्रसाद आचार्यले स छ्वान विश्वविद्यालयको दक्षिण एशिया अध्ययन केन्द्रको भ्रमण गरी त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ।
शाङ हाइ सहयोग संगठन सदस्य मुलुकका शीर्ष नेता परिषदको सत्रौँ सम्मेलन जनु नौ तारिख अस्तानामा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सम्मेलनमा उपस्थित भएर सम्बोधन गर्नुभएको छ।
चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले लण्डनमा आतंकबादी गतिबिधि दोहोरिएकोमा चीनले कडा निन्दा गरेको र मृतकप्रति शोक ज्ञापन गरेको बताउनुभयो।
चिनियाँ विज्ञान प्रतिष्ठानको बिज्ञान तथा शिक्षा केन्द्र काठमाडौँका कार्यकारी निर्देशक ल्याङ्ग आर यआन,उपप्रमुख बिनोद दवाडी र अधिकारी सु थ्यान ली लगायत प्रतिनिधि मण्डलले यही जुन चार तारिख नेपालको जनसंख्या तथा वातावरण मन्त्रालयको भ्रमण गरेको छ।